मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

तनहुँ | चैत ५, २०८०

मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

तनहुँ:      तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा र्याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो । 


पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । “मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्याफ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर सम्भाव्यता अध्ययन गर्दा सफल भएको छ”, उहाँले भन्नुभयो, “अब यसलाई व्यावसायिकरुपमा सञ्चालन गर्नेतर्फ अगाडि बढ्छौँ ।”


अध्यक्ष चुमानका अनुसार एक्सप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा र्याफ्टिङको अध्ययन गरिएको हो । प्रशिक्षक थापाले मर्स्याङ्दी नदी र्‍याफ्टिङका लागि उपयुक्त रहेको अध्ययनका क्रममा पाइएको जानकारी दिनुभयो । परीक्षणका क्रममा गाउँपालिकाका अध्यक्ष चुमान, वडाध्यक्षलगायत जनप्रतिनिधिले र्याफ्टिङ गर्नुभएको थियो । गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको समेत तयारी गरेको छ । 


वडा नम्बर १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको अध्यक्ष चुमालको भनाइ छ । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानले बताउनुभयो । “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेलाई यहाँ रोक्न सकिन्छ”, उहाँले भन्नुभयो ।


मोटरबोट सञ्चालन गरी स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग यसको लागि समन्वय गरेका छौँ । यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ ।” गाउँपालिकाले वडा नम्बर १ को आँधीमूलमा कृत्रिम ताल बनाउने योजना अघि सारेको छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न यहाँ ताल बनाउने योजना अगाडि सारिएको अध्यक्ष चुमानको भनाइ छ । 


उहाँका अनुसार चालु आवमा ५० हजार बजेट विनियोजन गरी ताल निर्माणको योजना बनाइएको छ । पृथ्वीराजमार्गको सत्र सयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायत स्थानले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ ठूली एकादशीका दिन विशेष मेला लाग्ने गरेको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि केही काम सुरु गरिसकेको छ । 


पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवानका आकृति बनाइएको छ । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न यहाँका प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुँदिएको छ । यहाँ थप पूर्वाधार निर्माणका लागि पाँच करोड बजेट आवश्यक देखिएको गाउँपालिकाका अध्यक्ष चुमालले बताउनुभयो । उहाँका अनुसार थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ ‘स्काइ साइक्लिकिङ’, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । गत वर्ष सर्वसाधारणको सुविधाका लागि शौचालय निर्माण भइसकेको छ । 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्